सर्पदंशबाट नुवाकोटमा एकजनाको मृत्यु
नुवाकोट, भदौ २ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ सिक्रेमा ग्रीन भाइपर सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ।
स्थानीय ४७ वर्षीय पशुपति खनाललाई साउन २४ गते ग्रीन भाइपर सर्पले टोकेको थियो। उनलाई उपचारका लागि काठमाडौंस्थित टेकु अस्पतालमा लगिएको र त्यहाँ ८ दिनसम्म उपचारपछि थप जटिल भएपछि पाटन अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा गए राति करिब ३ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
खनालका दुई छोरी र एक छोरा छन् भने श्रीमती, आमा र बुबा कोही पनि जीवित नरहेको पारिवारिक स्रोतले जनाएको छ।

