विदुर नगरप्रमुखद्वारा च्वाडी पब्लिक माविको अनुगमन



विदुर, भदौ २ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले विदुर–५ स्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक–कर्मचारीको कार्यसम्पादन, विद्यार्थीहरूको उपस्थिती र अनुशासन, अभिभावक तथा समुदायसँगको समन्वय लगायतका विषयमा चासो व्यक्त गरेका थिए।

विद्यालयको सञ्चालन र गुणस्तर वृद्धिसम्बन्धी छलफल कार्यक्रममा नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज सापकोटा सहित सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्