रुपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता



काठमाडौँ,भदौ २ —आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका अनुसार नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दल दर्ता प्रक्रिया सम्पन्न भएको हो।

दर्ता भएका दलहरूमध्ये मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा प्रमुख दलका रूपमा रहेका छन्।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल पनि प्रतिस्पर्धामा सहभागी हुने गरी दर्ता भएका छन्।

निर्वाचन आयोगले उपनिर्वाचन शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी वातावरणमा सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्