नुवाकोट बेलकोटका पूर्व एसएसपी पुडासैनीसहित दर्जनौँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
नुवाकोट,भदौ ३ — नुवाकोटको बेलकोटगढीबाट पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अच्युत प्रसाद पुडासैनीसहित दर्जनौँ युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सोमबार पार्टी प्रवेशका लागि उनीहरू रास्वपाको केन्द्रीय कार्यालय पुगेका थिए। पार्टीमा प्रवेश गर्नेहरुलाई रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले स्वागत गरेका थिए।
पार्टीमा प्रवेशपछि पुडासैनीले जनताप्रति जवाफदेही रहने राजनीतिको आवश्यकता औंल्याउँदै रास्वपाले देखाएको नयाँ राजनीतिक विकल्पप्रति आकर्षित भएर आफू र युवाहरू पार्टीमा प्रवेश गरेको बताएका छन्।
रास्वपाले हाल विभिन्न जिल्ला र स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिइरहेको छ। यसक्रममा पूर्व प्रहरी अधिकारीदेखि युवासम्मको आकर्षण बढ्दै गएको पार्टीका नेताहरूले बताएका छन्।

