नुवाकोटको सानो किम्ताङ्ग माध्यमिक विद्यालयलाई ट्रष्टद्वारा कम्प्युटर हस्तान्तरण
नुवाकोट,भदौ ३— नुवाकोट जिल्लामा लामो समयदेखि सामाजिक अभियानमा सक्रिय यशोदा देवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले मंगलबार मेघाङ्ग गाउँपालिका–२ मा अवस्थित सानो किम्ताङ्ग माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ।
ट्रष्टका सचिव तथा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले काठमाडौँस्थित आफ्नो निवासबाट विद्यालयलाई सहयोग गर्ने क्रममा सो कम्प्युटर वडा अध्यक्ष कमल तामाङमार्फत हस्तान्तरण गरिएको ट्रष्टले जनाएको छ।
कम्प्युटर हस्तान्तरणपछि नेता केसीले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूले उक्त कम्प्युटरको सदुपयोग गर्दै आधुनिक सूचना–प्रविधिको युगसँग आफूलाई मेल खुवाउने विश्वास व्यक्त गरेका छन्। साथै उनले भविष्यमा पनि शिक्षा र विकासका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेता अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी दाजुभाइले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गरेको ट्रष्टले विगत १५ वर्षदेखि नुवाकोटलाई केन्द्रमा राखेर शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ। यस अभियानका कारण जिल्लाका धेरै विद्यालयले लाभ उठाइरहेका छन्।

