तादी गाउँपालिकामा हरितालिका तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न



नुवाकोट, भदौ ४ । तादी गाउँपालिकाको आयोजनामा बुधबार हरितालिका तीजको पूर्वसन्ध्यामा लोकदोहोरी, दर खाने तथा शुभकामना आदान–प्रदान विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा संघीय सांसद माननीय हितबहादुर तामाङ प्रमुख आतिथ्यका रूपमा उपस्थित भएका थिए । गाउँपालिका उपाध्यक्ष सन्जू प्याकुरेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गाना र गाउँपालिका अध्यक्ष सन्तमान तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

सोही अवसरमा पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष माकुरी तामाङ, तादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, नेपाल ग्रिनतारा फाउन्डेसनकी अध्यक्ष बन्दिनीमा शेर्पा, तादी गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था, गाउँपालिका कर्मचारी, व्यवसायी, आमाबुवा तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले तीजको सांस्कृतिक महत्व, एकता र सद्भावलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। लोकदोहोरी प्रस्तुति, दर खाने र शुभकामना आदान–प्रदान कार्यक्रमले वातावरण उत्साहपूर्ण बनेको थियो।

प्रतिक्रिया दिनुहोस्