पूर्वप्रधानमन्त्री प्रचण्डले नाडा अटो शो अवलोकन
काठमाडौं,भदौ ४ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ अवलोकन गरेका छन् ।
नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने यस मेलामा प्रचण्डले विभिन्न नयाँ प्रविधियुक्त सवारीसाधन हेर्ने क्रममा दुई सिटे ‘उड्ने कार’ समेत चढेर अनुभव लिएका हुन।
‘नाडा अटो शो’ मा दुई करोड २० लाख रुपैयाँ पर्ने गाडीहरूदेखि लिएर अत्याधुनिक ‘फ्लाइङ कार’ समेत प्रदर्शनमा राखिएको छ। मेलामा पुग्दा प्रचण्डलाई रोबोटले स्वागत गरेको आयोजकले जानकारी दिएका छन्।

