प्रचण्डद्वारा नख्खु कारागारमा रवि लामिछाने भेट



काठमाडौँ,भदौ ४। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार पुगेका छन् ।

भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका सभापति लामिछानेलाई भेट्न प्रचण्ड कारागार पुगेको जानकारी रास्वपाका प्रवक्ता मनिष झाले दिएका हुन् । उनका अनुसार प्रचण्डले राजनीतिक सदाशयता देखाउँदै भेट गरेका कारण पार्टीले आभार प्रकट गरेको छ ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहितका नेताहरू पनि कारागार पुगेर प्रचण्डलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्