लिखुमा रहेको महेन्द्र महेशदेव माध्यमिक विद्यालयको अध्यक्षमा प्रचण्ड भक्त श्रेष्ठ
नुवाकोट,भदौ ४ । नुवाकोटको लिखु गाउँपालिका–६ मा रहेको श्री महेन्द्र महेशदेव माध्यमिक विद्यालयमा बुधबार सम्पन्न अभिभावक भेलाले प्रचण्ड भक्त श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।
भेलाबाट चयन भएका सदस्यहरूमा रमेश पाठक, बलराम तामाङ, प्रतीक्षा श्रेष्ठ र संगीता मिजार रहेका छन्।
वडा नम्बर ६ का वडा सदस्य महेशकुमार डङ्गोलका अनुसार अभिभावक भेलाले विद्यालयको शैक्षिक उन्नति र व्यवस्थापनमा सक्रिय भूमिकाका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको जानकारी दिए ।
भेलामा लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेरसिंह रावत, वडा अध्यक्ष सुमन भण्डारी, विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठ, पूर्व व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियोे ।

