नेपालमा मनसुन कमजोर, केही ठाउँमा वर्षाको सम्भावना
काठमाडौँ,भदौ ५— न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले हाल नेपालमा मनसुन गतिविधि कमजोर देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।
हाल बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना विभागले जनाएको छ।

