लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग : सरकार



काठमाडौँ,भदौ ५ — सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको पुनः स्पष्ट पारेको छ।

भारत–चीनबीच उक्त क्षेत्र हुँदै व्यापार गर्ने सहमति भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको सहमतिबिना त्यस्तो गतिविधि मान्य नहुने जनाएको हो। मन्त्रालयले भारतलाई सडक निर्माण, विस्तार वा सीमा व्यापारजस्ता कार्य नगर्न आग्रह गर्दै आएको स्मरण गराउँदै मित्रराष्ट्र चीनलाई पनि उक्त क्षेत्र नेपाली भू–भाग हो भन्ने जानकारी गराइसकेको उल्लेख गरेको छ।

विज्ञप्तिमा नेपाल–भारतबीचको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्