प्रधानमन्त्री ओली चीन भ्रमण जाने, भारत भ्रमण पछि सम्भावना
काठमाडौँ, भदौ ५ — प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणअघि चीनमा आयोजना हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा सहभागी हुन जाने तयारीमा छन्। सरकारले चीन सरकारबाट निम्ता प्राप्त भएको जानकारी दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार भ्रमणमा को-को जाने र कार्यक्रम विवरण अझै तय भएको छैन। भारत भ्रमण सम्भवतः भदौ ३१ गतेदेखि दुई दिनको हुनेछ।
बैठकले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने, प्रशासनिक अदालतका सदस्य नियुक्ति, जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि ३५ अर्ब रुपैयाँ ऋण सहुलियत प्राप्त गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्र फन्ड कोटा ५०% वृद्धि गर्न स्वीकृति दिने लगायत निर्णयहरू गरेको छ।

