समितिबाट विद्यालय शिक्षा विधेयक पारित, केही दलको फरक मत



काठमाडौँ,भदौ ५ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। समितिको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखे पनि विधेयक पारित भएको हो।

लामो समयदेखि उपसमिति र समितिमा छलफलमा रहेको सो विधेयक अब संसद् बैठकमा पेस हुने छ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले पाँच बुँदे फरक मत दर्ता गरेका छन्। त्यस्तै, रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी विना जयसवालले पनि फरक मत राखेका थिए।

प्रतिक्रिया दिनुहोस्