नुवाकोटमा पतञ्जली योग समितिद्वारा तीज विशेष कार्यक्रम सम्पन्न



नुवाकोट,भदौ ५ — पतञ्जली योग समिति नुवाकोटद्वारा आयोजित “तीज विशेष शुभकामना आदान–प्रदान, सांस्कृतिक नाँचगान तथा सामूहिक दर खाने कार्यक्रम” विदुरमा सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने उपप्रमुख प्रभा बोगटी, वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, समितिका पदाधिकारी तथा विभिन्न शाखामा आबद्ध महिलाहरूको सहभागिता रहेको थियो।

तीजलाई सभ्य र भव्य रूपमा मनाउन शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक प्रस्तुति र सामूहिक दर खाने कार्यक्रम गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्