गोरखामा भीरबाट लडेर दुई जनाको मृत्यु
गोरखा,भदौ ५— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ धुम्चामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धुम्चाका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामा रहेका छन्।
विद्युत् समितिको बैठकबाट फर्किने क्रममा रिञ्जिन हराएका थिए। गाउँलेले उनको शव भेटेपछि खोलातर्फ लैजाने क्रममा खसेर हिसेदोर्जेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाबारे अनुसन्धान थालेको छ।

