राप्रपा नुवाकोटको बैठक, अधिवेशनमा केन्द्रित हुन आह्वान



नुवाकोट,भदौ ६— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको नियमित बैठक बिहीबार बिदुरस्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा सह–महामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दीपक कुमार राई, केन्द्रीय सदस्य सुदर्शन सिटौला, उद्दब भेटवाललगायत नेताहरूले उपस्थित भई नुवाकोटका सम्पूर्ण नेता तथा कार्यकर्तालाई जिल्ला अधिवेशनमा केन्द्रित हुन आह्वान गरेका छन्।

असोज मसान्तसम्म बाँकी रहेका वडा, गाउँ, नगर, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्न युद्धस्तरमा लाग्नुपर्नेमा बैठकले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्