प्रतिनिधि सभाका दुई समितिबाट शिक्षा र भूमि विधेयक पारित



काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ ।

संविधान जारी भएको आठ वर्षपछि दर्ता गरिएको यो विधेयक विद्यालय संरचना, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, पाठ्यक्रमदेखि निजी विद्यालयसम्बन्धी विभिन्न विषय समेटिएको छ। समितिले छात्रवृत्ति व्यवस्थामा केही संशोधनसहित विधेयक संसदमा पठाउने निर्णय गरेको हो।

यसैगरी, प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि विधेयक पारित गरेको छ। समितिले उद्योग, प्रतिष्ठानको नाममा छुट पाएका जग्गा आवासीय एकाइ बनाएर बिक्री गर्न नपाइने व्यवस्था गरेको छ। साथै, हदबन्दीभन्दा बढी जग्गा राख्न परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्ने प्रावधान राखिएको छ।

प्रतिक्रिया दिनुहोस्