गलकोटमा विद्यार्थी सवार भ्यान दुर्घटना, सात घाइते



बागलुङ,भदौ ६ — गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा शुक्रबार बिहान विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको भ्यान बिहान ७ः४५ बजे सडकबाट सात मिटर तल खस्दा चालक मोहन सिंह सुनारसहित १८–१९ वर्ष उमेरका छ विद्यार्थी घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार घाइते सबैलाई उपचारका लागि गलकोट नगर अस्पताल लगिएको र अवस्था सामान्य रहेको छ। प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीको कमाण्डमा पाँच जनाको टोली घटना स्थलमा खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्