त्रिदेशीय मार्ग सडक सञ्चालनमा
रसुवा,भदौ ६ । साउन चौध गते त्रिशूली नदीमा आएको बाढीका कारण रसुवामा अवरुद्ध बनेको त्रिदेशीय मार्ग सडक सञ्चालनमा आएको छ । गल्छी त्रिशूली मैलुङ,स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अन्तर्गत रसुवा जिल्लाको उत्तर गया गाउँपालिका पाँचमा पर्ने सात बिसेमा त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरी सडक अवरुद्ध बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार कटान गरिएको सडक सडक डिभिजन कार्यालय,जलविद्युत आयोजना तथा उत्तर गया गाउँपालिकाको सहयोगमा निमार्ण तथा मर्मत गरी संन्चालनमा आएको हो ।
स्थानीय रामबाबु पौडेलका अनुसार उत्तर गया गाउँपालिका–५ मा पर्ने नौबिसे पेट्रोल पम्प नजिक करिब एक सय मिटर पक्की सडक कटान हुँदा पेट्रोल पम्प लगायत बस्ती तथा सयौँ रोपनी खेत जोखिममा परेको थियो । निमार्णमा माथिल्लो त्रिशूली–१ आयोजनाले स्काभेटर, क्रेन तथा प्राविधिक सहयोग गरेको थियो उत्तर गया गाउँपालिकाले सडक निर्माणका लागि आवश्यक कामदार, र टिपरको व्यवस्था गरेको थियो यसै गरी गल्छी–त्रिशूली–सैलुङ–स्याफ्रुबेसी सडक आयोजनाले प्राविधिक सुपरिवेक्षण र उपकरण उपलब्ध गराएको थियो भने माथिल्लो त्रिशूली थ्री बी जलविद्युत परियोजनाले लोडर उपलब्ध गराई माटो–ढुङ्गा मिलाउन सहयोग गरी बाइस दीन पछि सडक सुचारु गराउन सफल भएको हो ।

