गुर्जे-खोलेगाउँ सडकखण्डमा सुख्खा पहिरो: अवरुद्ध सडक ७ घण्टापछि सञ्चालन
नुवाकोट,भदौ ७ । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जे-खोलेगाउँ-लप्से सडकखण्ड अन्तर्गत माने नजिक शनिबार गएको सुख्खा पहिरोले मोटर बाटो झण्डै ७ घण्टासम्म अवरुद्ध भएको छ।
स्थानीय युवा लक्ष्मण लामाका अनुसार पहिरोका कारण आवागमन पूर्ण रूपमा बन्द भएको थियो।
वडानम्बर ६ का जनप्रतिनिधिको पहलमा स्थानीयको सहयोगमा पहिरो हटाइएपछि साँझ सडक पुनः सञ्चालनमा आएको लामाले बताए ।

