नुवाकोट लिखु गाउँपालिका २ मा रास्वपाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन



नुवाकोट, भदौ ७ गते । नुवाकोटको लिखु गाउँपालिका–२ मा शनिबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले ८ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

समितिको सभापतिमा हरीप्रसाद ढकाल, उपसभापतिमा धनबहादुर घले र सचिवमा दिपेश राई चयन भएका छन्। त्यस्तै सदस्यहरूमा तेजप्रसाद ढकाल, तोया नेपाल, नारायण घले र पुरुषोत्तम राई रहेका छन्।

भेलामा उपस्थित सदस्य तथा स्थानीय जनसमुदायलाई धन्यवाद व्यक्त गर्दै नयाँ नेतृत्वमा रास्वपा लिखु अझ जनमुखी र प्रगतिशील रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्