आज एकैदिन तोलामा २३०० रूपैयाँले बढ्यो सुनको मूल्य
काठमाडाैं,भदौ ८ । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बेको छ । गत शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य अज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला १ लाख ९५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीको मूल्य बिहीबार तोलामा ४० रुपैयाँले वृद्धि भएर प्रति तोला २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

