त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम



विदुर, भदौ ८ । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विदुर–१ त्रिशूलीले नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । उपप्रमुख प्रभा बोगटी, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितसहित स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार र समुदायजनको उपस्थिति रहेको विद्यालयले जनाएको छ।

शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अतिथिहरूले तिज पर्वले महिलाबीच एकता, समर्पण र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै यसलाई आत्मीयता र सद्भावका साथ मनाउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्