पञ्चकन्यामा सरसफाइ कार्यक्रम सम्पन्न
नुवाकोट, भदौ ९ । हरितालिका तिज जात्राको पूर्वसन्ध्यामा आज बिहान पञ्चकन्या गाउँपालिका–३, घलेभञ्ज्याङस्थित पञ्चकन्या मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय पंचकन्याका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।
मन्दिर परिसर सफाइसँगै वरिपरिका सार्वजनिक स्थलहरू पनि सफा गरिएको थियो । सरसफाइ कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक पर्वलाई स्वच्छ वातावरणमा मनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
गाउँपालिकाले आगामी दिनमा पनि सामूहिक सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

