नुवाकोटमा १५ वर्षीया किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ



नुवाकोट, भदौ १० । नुवाकोटमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

विदुर नगरपालिका–३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई प्रहरीले पक्राउ गरेको हो। माझीले बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरी चौकी देवीघाटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

हाल उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्