नुवाकोटको ककनीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
नुवाकोट, भदौ १० । नुवाकोटको ककनी गाउँपालिका–२ काउलेस्थित पासाङ ल्हामु सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
काठमाडौँबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल आज दिउँसो करिब १२:४० बजे आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खस्दा चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा इलाम, माईजोगमाई गाउँपालिका–५ निवासी करिब ४५ वर्षीय किरण राई घाइते भई उपचारका लागि काठमाडौँस्थित ग्रिन सिटी अस्पतालमा पठाइएको थियो। तर, उपचारको क्रममा दिउँसो १:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

