सिन्धुपाल्चोकमा बलेरो भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता



सिन्धुपाल्चोक, भदौ १० । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ स्थित सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकका अनुसार बलेरोमा सवार रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महत्तो र बलेरो चालक सर्लाही बरथह नगरपालिका–२ का २३ वर्षीय राजेशकुमार कुसहवा दुर्घटनापछि नदीमा बेपत्ता भएका हुन्।

बलेरोलाई टुचन लगाई तान्ने क्रममा एक जनाको शव नदीले बगाएको प्रहरीले जनाएको छ। हाल बेपत्ता दुबै जनाको खोजी कार्य इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा जारी राखेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्