नुवाकोटको गुर्जेमा जुवा खेलिरहेका २२ जना पक्राउ



नुवाकोट,भदौ १२ । जिल्लाको शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित बार्दलीइन होटलमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना महिला समेत रहेका छन् ।

बुधबार राति करिब ११:२५ बजे गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्र.ना.उ. बिक्रम लामाको कमाण्डमा खटिएको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट कौडा ३१ थान र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत जुवातास सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्