रास्वपा नुवाकोटबाट पञ्चमीका अवसरमा भक्तजनलाई भोजन तथा सांस्कृतिक कार्यक्रम
नुवाकोट,भदौ १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिका समितिको अगुवाइमा तीज पर्वको अन्तिम दिन पञ्चमीका अवसरमा विन्द्राचलधाममा भएको विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहयोग पुर्याएको छ ।
समितिका सभापति रामकृष्ण जिसीको अगुवाइमा जिल्लास्तरदेखि स्थानीय तहका कार्यकर्ताले आर्थिक सहयोग जुटाई करिब १५० जना भक्तजनलाई खानाको व्यवस्था गरेको हो ।
कार्यक्रममा उपस्थित भक्तजनलाई खानाको प्रबन्धसँगै धार्मिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । भक्तजनलाई गरिएको यो योगदानलाई उपस्थित सबैले उच्च प्रशंसा गरेका छन् ।
समितिले धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सभापति जिसीले समाज र संस्कृतिसँग जोडिएका यस्ता क्रियाकलापलाई अझ मजबुत र प्रभावकारी बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।

