भदौ महिनामा महत्वपूर्ण विधेयक पारित गर्ने प्रतिनिधि सभाको कार्यतालिका सार्वजनिक



काठमाडौं,भदौ १३ । प्रतिनिधिसभाले निजामती, भूमि र विद्यालय शिक्षा लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्ने कार्यसूची सहित भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको छ ।

सभामुख देवराज घिमिरेले बिहीबार बोलाएको प्रमुख दलका मुख्य सचेतकहरुको बैठकले निजामति, भूमि, विद्यालय शिक्षा, नागरिकता र संवैधानिक परिषद् विधेयक पारित गर्ने गरी भदौ महिनाको दोश्रो पाक्षिक क्यालेण्डर बनाएको हो ।

बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधि सभाले आज शुक्रबार भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने जानकारी दिए ।

त्यसैगरी भदौ १८ गतेको बैठकले नागरिकतासम्बन्धी विधेयक र संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यसैगरी भदौ १९ गते निजामती सेवा विधेयक पारित गरेर सभामुख हुँदै राष्ट्रपतिकहाँ पठाउने तयारी छ भने भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय गरिएको छ ।

विद्यालय शिक्षा विधेयकलाई गत विहिबार समितिले पास गरेर प्रतिनिधि सभामा पेश गरिरसेको छ। विधेयकलाई भदौ २६ गते पास गरेर राष्ट्रिय सभामा पठाउने गरी प्रतिनिधिसभाको कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्