स्वास्थ्य क्षेत्रमा आएको सुधार उल्लेखनीय
काठमाडौं,भदौ १३ । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै शिक्षा स्वास्थ्य लगायत क्षेत्रको बिकास तिब्र गतिमा भएको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले बताएका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा निर्माण भएको शुभम इन्टरनेशनल हस्पिटलको बिहीबार उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा भएको प्रगतिसँगै नेपालले पनि उच्च गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले स्वास्थ्य सेवालाई ब्यवसायिक भन्दा गुणस्तरीय बनाउन बढी जोड दिन र जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी सेवा प्रवाह गर्नुपर्छ भने ।
यसैगरी, हस्पिटलका अध्यक्ष केदार नरसिंह केसीले जनताको स्वास्थ्यप्रति उत्तरदायित्व निर्वाह गर्दै दक्ष चिकित्सकहरुको निगरानीमा उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

