टोखा छहरे अन्तर्गत शिवपुरी निकुञ्जमा पहिरो, सेनाले पन्छ्याएपछि सडक आवागमन सुचारु



काठमाडौं,भदौ १३ । टोखा-छहरे सडकखण्डको शिवपुरी राष्ट्रिय निकुञ्जको ओरालोमा गएको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले पहिरो गएपछि सडक अवरुद्ध भएको थियोे ।

सडक बन्द भएपछि नेपाली सेनाको एक टोली बिहानैदेखि परिचालन भई रुख तथा ढुंगामाटो पन्छ्याएर सवारीसाधन आवागमन सुचारु गरेको सेनाले जनाएको छ । सेनाको सक्रियतापछि केही घण्टापछि सडक पुनः सञ्चालनमा आएको हो ।

बिहीबारदेखि निरन्तर वर्षा भइरहेको भन्दै प्रहरी प्रशासनले अत्यावश्यक कामबाहेक यात्रु तथा सर्वसाधारणलाई हिडडुल नगर्न अनुरोध गरेको छ । सुरक्षा निकायले सम्भावित थप पहिरो जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्