प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने



काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।

भोलि चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लागेका हुन्  ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ताका विषयबारे संसद्लाई जानकारी दिनेछन ।

सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका छन्  ।

प्रतिक्रिया दिनुहोस्