नुवाकोटमा अरिंगालको टोकाइबाट वृद्धाको मृत्यु



नुवाकोट,भदौ १३। नुवाकोटको सूर्यगढी गाउँपालिका–५ हिरामणीटारकी एक वृद्धाको अरिंगालको टोकाइबाट मृत्यु भएको छ ।

७४ वर्षीया पिपकुमारी भट्टराईलाई घाँस काट्ने क्रममा अरिंगालले आक्रमण गरेको हो । वृद्धाको छिमेकी तथा आफन्त नवराज भट्टराईका अनुसार बडहरेस्थित खेतमा घाँस काट्दै गर्दा ठूलो संख्यामा रहेका अरिंगालले चिल्दा गम्भीर घाइते भएकी थिइन् ।

उनीलाई तत्काल उपचारका लागि काठमाडौंको बीपी स्मृति अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले मृत घोषित गरेका हुन् ।

सूर्यगढी–४ का वडासचिव भट्टराईका अनुसार वृद्धा घाँस काटिरहेको नजिकै ठूलो सालको रुखमा अरिंगालको ठूलो गोलो भेटिएको छ ।

वृद्धाको तादी खोलाघाटमा अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्