स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा
रसुवा,भदौ १३ । चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले गत साउन १४ गते क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत स्याफु्रबेसी देखि टिमुरे सम्मको सडक आजबाट संन्चालनमा आएको छ ।
गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार रोङ्गा खोला र मेदाङपुदुङको बीच भागमा सडक मर्मत तथा निमार्ण गरे संगै स्याफु्रबेसीदेखि टिमुरे सम्मको तेह् किलोमिटर सडक संन्चालनमा आएको हो । करिब एक महिनाको निरन्तर प्रयास पछि बाढीले कटान गरेको सडक सन्चालनमा आएको हो ।
टिमुरेदेखि चीन र नेपालको सिमाना रसुवागढी सम्म तीन किलोमिटर सडकमा भने स्याउपार्किङ र घट्ठेखोलाका दुई स्थानमा कटान गरेकाले भोलि देखि मर्मत तथा निमार्णको काम सुरु गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका इन्जिनियर रुपनारायण पौडेलले बताए । उनका अनुसार भौगोलिक बिकटताले दुई स्थानमा सडक पुर्ननिर्माण सम्पत्र गर्न अझै कम्तिमा एक सातासम्म समय लाग्ने देखिएको छ ।
हाल स्याफु्रबेसी देखि टिमुरे सम्मको ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारी पौडेले बताए ।
यसैबीच नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फ बाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा बेलिबृज निमार्णका लागि चीनीयाँ पक्षले आफ्नो तर्फ फाउन्डेसनको कार्य सकि सकेको र नेपाल तर्फको काम सुरु गर्न लागेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले बताए । तीब्र गतिमा काम गरि रहेकोले तोकेको समय भाद्र तीस गते अगाबै रसुवागढीमा बेलिबृज निमार्ण हुने उनको भनाई छ ।

