अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न



काठमाडौँ,भदौ १४ । अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न भएको छ । काठमाडौँको अनुपम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ ।

भेलाबाट भुवन रिजाललाई इन्चार्ज र प्रदीप भट्टलाई अध्यक्ष चयन गरिएको छ । त्यस्तै, विशाल अधिकारी (अविरल) सचिबमा निर्वाचित भएका छन् ।

नव निर्वाचित पदाधिकारीसहित ४५ सदस्यीय समिति गठन गरिएको समितिले जनाएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले विद्यार्थी आन्दोलनलाई सबल बनाउन नयाँ नेतृत्वले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख आतिथ्यता अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष विजय प्रकाश सापकोटाको रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्