चिलिमे विद्युत् केन्द्र बन्द
रसुवा,भदौ १४ । राष्ट्रिय प्रसारण लाइनमा समस्या उत्पन्न भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति बन्द भएको छ ।
कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा प्रसारण लाइनमा समस्या देखिएपछि केन्द्रबाट उत्पादन रोकिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार टावर मर्मतपछि आजै साँझसम्ममा पुनः सञ्चालन गर्ने लक्ष्य लिइएको छ । टावर मर्मतका लागि काठमाडौँबाट प्राविधिक टोली रसुवा प्रस्थान गरिसकेको जनाइएको छ ।

