रास्वपाको टोखा नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन



काठमाडौँ,भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टीको टोखा नगरपालिकाको ऐतिहासिक पहिलो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नगर नेतृत्व चयन गरेको हो ।

नगर सभापतिमा सूर्य प्रसाद काफ्ले निर्वाचित भए भने उपसभापतिमा केशु पन्त गौतम चयन भए । त्यस्तै, सचिवमा किरण बतौला, सहसचिवमा गंगा गुरुङ चयन भएका छन् ।

नगर सदस्यहरुमा नन्दलाल अधिकारी, रघुनाथ केसी, श्रीहरी अधिकारी, गोमा श्रेष्ठ, शिशिर खत्री, भुवन शर्मा, सुधा खडका, राधा कुमारी सापकोटा र पुनम दर्लाल निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशन प्रतिनिधिमा अम्बर बहादुर पौडेल, यादव रेग्मी, सृजना अधिकारी र भोज बहादुर केसी चयन भएका छन् ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा राधा पोखरेल, ख्याम बहादुर भारती, दयाराम अधिकारी र चोप बहादुर पाण्डे क्षेत्री निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्