नुवाकोटको सेई बोर्डिङ स्कुलद्वारा “असल अभिभावकत्वको कला” कार्यक्रम सम्पन्न



नुवाकोट,भदौ १४ । लिखु गाउँपालिका–६ छहरेस्थित सेई बोर्डिङ स्कुलले अभिभावक, शिक्षक र विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्न तथा सकारात्मक पारिवारिक वातावरण निर्माण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार विद्यालय परिसरमा आयोजित “असल अभिभावकत्वको कला” नामक विशेष कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गरिनुका साथै बालबालिकाको शैक्षिक तथा मानसिक विकासबारे छलफल गरिएको विद्यालयका प्रध्यानाध्यापक राजन खतिवडाले जानकारी दिए ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा अभिभावक–शिक्षक अन्तरक्रिया, पारिवारिक परामर्शसम्बन्धी मार्गदर्शन तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।

राष्ट्रिय प्रेरक क्षेत्रप्रसाद ज्ञवालीले बालबालिकाको मनोविज्ञान, अध्ययनप्रति प्रेरणा, प्रविधिको सकारात्मक प्रयोग तथा स्वस्थ पारिवारिक वातावरण निर्माणका उपायबारे जानकारी गराएका थिए । उनका अनुसार यस्ता तालिमहरूले बालबालिकाको शैक्षिक, मानसिक र सामाजिक विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छन् ।

कार्यक्रममा वक्ताहरूले यस्ता पहलले बालबालिकाको समग्र प्रगति र अभिभावक–विद्यालय सम्बन्ध अझ मजबुत हुने धारणा व्यक्त गरे । कार्यक्रममा प्याब्सन नुवाकोटका सल्लाहकार, पूर्वअध्यक्ष, पदाधिकारी, विभिन्न निजी विद्यालयका प्रध्यानाध्यापकसहितको उपस्थिति रहेको थियो । साथै विद्यालयले यसवर्ष एसइई (२०७८) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको थियो ।

विद्यालयले आगामी दिनमा पनि अभिभावक–शिक्षक–विद्यार्थीलाई लक्षित गर्दै विभिन्न विषयमा अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्