दुई लाख नाघेकाे सुनको मूल्य आज पनि ३००० बढ्याे, चाँदीको मूल्यमा रेकर्ड ब्रेक
काठमाडाैं,भदौ १५ । आइतबार पनि नेपाली बजारमा सुनचादीको मूल्य उच्च अंकले बढेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ३००० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुन २ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । गतशुक्रबार छापावाल सुन २ लाख ६०० रुपैयाँ तोकिएको थियो । पछिल्ला केहि दिनयता सुनचाँदीको मूल्य निरन्तर बढेर उच्च बिन्दु कायम गर्दै आएको छ ।
यस्तै आज सुनसँगै चाँदिको मूल्य पनि उच्च बिन्दुमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ६५ रूपैयाँले बढेर तोलाको २ हजार ४२५ रूपैयाँ तोकिएको छ। चाँदी पनि लगातार बढेर दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ ।

