चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौँ, भदौ १५ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ।”

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहका क्रममा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्