रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
काठमाडौँ, भदौ १५ । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टीको सचिवालय बैठकले आइतबार थापाको उम्मेदवारी तय गरेको हो ।
प्राइमरी इलेक्सनलगायत विभिन्न चरण पार गर्दै थापा अन्ततः उम्मेदवार बनेका हुन् । उक्त प्रतिस्पर्धामा नौ जना आकांक्षी रहेका थिए । भैरहवाका स्थानीय थापा वरिष्ठ न्यूरोलोजिष्टसमेत हुन् ।
रास्वपाबाट उम्मेदवारीका लागि डा. थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालबीच प्रतिस्पर्धा भएको थियो ।
रुपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने निर्वाचन आयोगले जनाएको छ ।

