इन्धनकाे मूल्य समायोजनः डिजेल–मट्टीतेल सस्तो, पेट्रोल र ग्यास यथावत
काठमाडाै,भदौ १५ । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । साेमबार बिहान १ बजेबाट लागु हुने गरी निगमले पेट्राेलियम पदार्थकाे नयाँ मूल्य सार्वजनिक गरेकाे हाे ।
निगमका अनुसार डिजेल र मट्टी तेलको मूल्य प्रतिलिटर ४\४ रुपैयाँ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति लिटर ७ अमेरिकी डलर घटाएको हो ।
तर, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्य अनुसार पहिलाे वर्गमा डिजेल\मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १४२.५०, दाेस्राे वर्गमा १४४ रूपैयाँ र तेस्राे वर्गमा १४५ रूपैयाँमा झरेकाे छ ।
त्यस्तै, हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १२७ रुपैयाँ तोकिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडाैंमा ९६६, पाेखरामा ७७२ र भैरहवामा ७५९ अमेरिकी डलर ताेकिएकाे छ ।

