नुवाकोटका सम्भव पाण्डे अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा सहभागी हुन रूस जाने



नुवाकोट, भदौ १६ । नुवाकोटको लिखु गाउँपालिका–६, थानसिङ्ग निवासी सम्भव पाण्डेले जुनियर साइन्स ओलम्पियाड प्रतिस्पर्धामा नेपालभरि प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाएका छन् ।

बुबा महेश्वर पाण्डे र आमा सम्झना पाण्डेका पुत्र सम्भवले मेहनत, लगन र प्रतिभाको बलमा यो उपलब्धि हासिल गरेका हुन् । नेपालस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उनी अब रूस (Russia) प्रस्थान गर्न लागेका हुन् ।

स्थानीयवासीहरूले सम्भवलाई एक असल विद्यार्थी मात्र नभई अनुकरणीय ब्यक्तिका रूपमा पनि चिन्छन् । सम्भवको यस उपलब्धिमा गाउँभरि खुसी छाएको उनी यसअघि अध्ययनरत ज्योतिकुँन्ज विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोल बताउँछन् ।

उनको उज्ज्वल भविष्य र अन्तर्राष्ट्रिय स्तरमा अझ उत्कृष्टता हासिल होस् भन्दै हाल उनी अध्ययनरत कलेज सेन्ट जेभियर्सले शुभकामना व्यक्त गरेको छ । सम्भव आउँदो नोभेम्बरमा रुस प्रस्तान गर्दैछन् ।

उनी हाल अध्ययनरत कलेज सेन्ट जेभियर्समा बुबा महेश्वर पाण्डे तथा बहिनी सम्भवी पाण्डेका साथमा ।

प्रतिक्रिया दिनुहोस्