प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी
चीन,भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएका हुन् ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि यहाँ पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ ।
आज सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

