जालपादेवी मन्दिरमा पूजा गरी वृद्धा त्रिशुली नदीमा हामफालेर बेपत्ता



नुवाकोट,भदौ १६ – नुवाकोटको विदुर नगरपालिका–५ देविघाटस्थित त्रिशुली नदीमा सोमबार साँझ एक वृद्धा बेपत्ता भएकी छन्।

साँझ करिब ५ः३० बजे देविघाटस्थित जालपादेवी मन्दिरमा पूजा गरेर ती वृद्धाले नदीमा हामफालेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। देविघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार घिमिरेका अनुसार मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजमा पनि वृद्धा महिलाले पूजा सकेर नदीमा हामफालेको स्पष्ट देखिएको छ।

बेपत्ता भएकी महिला करिब ६५ वर्षको रहेको अनुमान गरिएको छ। विदुर नगरपालिका–५ का वडा सदस्य विनोद चित्रकारले उनी विदुर–१३ हर्कपुरकी भएको सुन्नमा आएको बताए पनि उनको पहिचान औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।

घटनापछि प्रहरी टोलीले त्रिशुली नदीमा ती वृद्धाको खोजीकार्य थालेको छ।

प्रतिक्रिया दिनुहोस्