त्रिशुली नदीमा हामफाली बेपत्ता महिलाको पहिचान खुल्यो
नुवाकोट, भदौ १६ । नुवाकोटको विदुर नगरपालिका–५ जाल्पा मन्दिरस्थित त्रिशुली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छिन्।
आज साँझ करिब ५:३० बजे विदुर नगरपालिका–८ खुर्सानीखोला बस्ने ५१ वर्षीया उमादेवी भट्ट त्रिशुली नदीमा हामफालेकी प्रहरीले जानकारी दिएको छ।
बेपत्ता महिलाको पहिचान उनका श्रीमान् रामप्रसाद भट्टले पछ्यौरा र चप्पलका आधारमा गरेका हुन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

