गोरखामा रात्रिबस दुर्घटना, २१ जना घाइते



गोरखा,भदौ १७ । काठमाडौँबाट आरुघाट–सोतीतर्फ आउँदै गरेको रात्रिबस गोरखाको भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा आज बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बसमा २२ जना सवार रहेका मध्ये २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्