स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला रु २ लाख ५ हजार ९०० पुग्यो



काठमाडौँ,भदौ १७ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि यसको असर नेपाली बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ५ हजार ९०० कायम भएको छ, जुन हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला रु २ लाख ५ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु ६०० ले बढेको हो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले बढेर रु २ हजार ४८५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा देखिएका उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्