रसुवामा हराइरहेका दुई युवा मृत अवस्थामा फेला
रसुवा,भदौ १७ । रसुवाको धुन्चेतर्फ मोटरसाइकलमा फर्कँदै गर्दा हराइरहेका दुई युवा मृत अवस्थामा फेला परेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–६ का सुदीप घले र कालिका गाउँपालिका–१ का दावा दिन्डुप तमाङको शव रसुवाको सोलेखोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

